Advertisement Ad

आदीवासी जनजाती महासंघ समन्वय परिषद पाँचथरको अध्यक्षमा केरुङ

Advertisement Ad

२५ साउन, २०८० पाँचथर । नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषद पाँचथरको अध्यक्षमा सागर केरुङ निर्वाचित हुनु भएको छ ।

परिषदको वुधवार साँझ ढिला गरी सम्पन्न भएको पाँचौं जिल्ला अधिवेशनले केरुङको नेतृत्वमा सर्व सम्मत कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा अशोककुमार राई,दावा छिरिङ सेर्पा र साबित्रीदेवी गुरुङ सचिवमा विकेन्द्र वाइवा तामाङ,सह सचिवमा प्रदिप खवास र तिलवहादुर मुखिया,कोषाध्यक्षमा डिककुमारी थापा र सदस्यमा सुनिल माझी चयन हुनु भएको छ । केहि पदाधिकारी र सदस्य मनोनयन गरिने नव निर्वाचित अध्यक्ष केरुङले बताँउनुभयो ।

परिषदमा किराँत याक्थुङ चुम्लुङ,किराँत राई यायोक्खा,भुजेल समाज,तमु छों धि,सेर्पा संघ र नेवा देय दवु लगायतका जातीय संघ संस्था सदस्य रहने प्रावधान छ । परिषद यिनै संस्थाको छाता संघठन हो । नव निर्वाचित अध्यक्ष किराँत याक्थुङ चुम्लुङबाट प्रतिनिधित्व गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो ।अधिवेशन केन्द्रीय उपाध्यक्ष लोहरु जीमीको प्रमूख आतिथ्यमा सम्पन्न भएको हो ।