२६ साउन २०८०, पाँचथर । कथाकार पुष्पहाङ लोवाको याक्थुङ (लिम्बू) भाषाको कथा सङ्ग्रह ‘मना लाङ्योःक्खा?’ को शुक्रबारफिदिममा चर्चा गरिएको छ ।
फिदिमस्थित चुम्लुङहिममा आयोजित कार्यक्रममा साहित्यकारद्वय मधुराज केरुङ र एल.बी. नेम्बाङले ‘मना लाङ्योःक्खा?’ कथाकृतिमाथि समिक्षात्मक टिप्पणी गरेका थिए ।
कथाहरुमाथि टिप्पणी गर्दै समिक्षक केरुङले विविध विषयवस्तु समेटिएका ‘मना लाङ्योःक्खा?’ भित्रका कथाहरु अत्यन्तै सशक्त रहेका बताए । कथाहरुले लिम्बुवानको परिवेश, सभ्यता, संस्कृति र माटोको सुगन्ध बोकेको बताए ।
कथाहरुमाथि बोल्दै अर्का समिक्षक नेम्बाङले लोवाका कथाहरु सामाजिक यथार्थवादमा आधारित रहेका बताए । उनले याक्थुङ(लिम्बू) कथा लेखनमा पुष्पहाङ लोवा र ‘मना लाङ्योःक्खा’ को उपस्थिति महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा कथाकार पुष्पहाङ लोवाले आफूले बाँचेको समय र समाजलाई कथाहरुमा व्यक्त गर्ने प्रयास गरेको बताए । किरातयाक्थुङ चुम्लुङ जापानले प्रकाशित गरेको ‘मना लाङ्योःक्खा’ भित्र १२ वटा कथा संग्रहित छन् ।
कार्यक्रममा याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपती राजेन्द्र कुमार जबेगु, कवि मित्र लिङदेन, अन्वेषक लक्ष्मण लाओती, याक्थुङ लेखक संघ पाँचथरका अध्यक्ष राज दिलान्जली, कृति रलेखकलाई बधाई तथा शुभकामना दिएका थिए । याक्थुङ लेखक संघ पाँचथर, याक्थुङ युवा मंच पाँचथर र याक्थुङ फिल्मस् प्रा.लि.ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम याक्थुङ फिल्मस् प्रा.लि.का प्रबन्धक सागर केरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
