Advertisement Ad

नाट्यकर्मी महासंघ नेपाल पाँचथरमा नयाँ  समिती चयन

Advertisement Ad

२७ साउन, २०८० पाँचथर । नाट्यकर्मी महासंघ नेपाल पाँचथरमा नयाँ समिती चयन भएका छन ।
शनिबार पत्रकार महासंघ पाँचथरको सभाहलमा सम्पन्न दोश्रो जिल्ला अधिबेशनबाट नौ सदस्यीय समिति चयन भएका हुन । समितिको अध्यक्षमा राज दिलाञ्जली, उपाध्यक्षमा रजनी हाङ्सरुम्बा, सचीवमा कमल घिमिरे, कोषाध्यक्षमा बालकृष्ण बास्कोटा र अन्य सदस्य चुनिएका हुन ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नाट्याकर्मी मित्र लिङ्देन, बिशेष अतिथिको रुपमा नौलो साहित्यिक बिहान समाजका कार्यवाहक अध्यक्ष खड्क बोहोरा, नाट्यकर्मी महासंघका सल्लाहकार नरेन्द्रराज केरुङ लगायतको उपस्थिती रहेको थियो ।
व्यावसायिक नाटकको ब्यबस्थापन सङ्गै नाट्यकर्मिहरुको हक अधिकारको निम्ति निरन्तर लाग्ने नवनिर्वाचित अध्यक्ष राज दिलाञ्जलीले बताए । कार्यक्रम महासंघका निवर्तमान अध्यक्ष सागर केरुङ्को अध्यक्षतामा सम्पन्न भएको थियो ।