Advertisement Ad

पाँचथरको थर्पुमा फुटबल तथा भलिवल प्रतियोगिता हुने

Advertisement Ad

इवारा लिम्बू

१६ कार्तिक २०८०, पाँचथर। शुभ दिपावली २०८० (वलिहाङ तङनाम) को अवशरमा याङवरक गाँउपालिका–४ क्याम्पसमोड थर्पुमा पूरुष फुटबल र वडास्तरीय नकआउट भलिबल प्रतियोगिता हुने भएको छ।

कार्तिक २५ देखि सुरु हुने प्रतियोगिताको फाइनल कार्तिक ३० गते हुने आयोजक दिपावली मेला व्यवस्थापन समितिले जनाएको छ। फुटबलतर्फ प्रतियोगिताको विजेताले नगद ९९ हजार ९ सय ९९ रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद ५० हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेेछ।

त्यस्तै भलिबल खेल तर्फका विजेताले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद ३० हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेे आयोजकले जनाएको छ ।

त्यस्तै कात्तिक २९ गते मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ।