Advertisement Ad

Advertisement Ad

सगरमाथा आरोही किसोरलाई चोबेगु सजुम्लुङ द्धारा सम्मान

इवारा लिम्बू

१६ कार्तिक २०८०, पाँचथर। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही फालेलुङ–८ पाँचथरका किसोर जबेगुलाई किरात याक्थुङ थेगिमहाङ चोबेगु सजुम्लुङ जिल्ला समिति पाँचथरले सम्मान गरेको छ।

२०८० कात्तिक १६ गते फिदिमको फेमिली रेष्टुरेन्टमा एक कार्यक्रम आयोजना गरी सगरमाथा आरोही किसोरलाई सम्मान गरिएको हो। नेपाली सेनाको श्री नाथ गणमा कार्यरत जबेगुले गत जेठ १ गते बिहान दश बजेर पाँच मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए।

अन्य हिमालको समेत आरोहण गरिसकेका जबेगु पाँचथरको दोस्रो र जबेगु वंशको पहिलो सगरमाथा आरोही हुन्। जबेगुको सम्मान कार्यक्रममा समितिका अध्यक्ष तथा पूर्व प्रदेशसभा सदस्य सीता थेवे जबेगु, नेपाली कांग्रेसकी नेत्री मधु जबेगु, थिर प्रसाद जबेगु, राम बहादुर जबेगु लगायतले जबेगु वंशजको नाम राखेर ऐतिहासिक काम गरेको भन्दै शुभकामना तथा बधाई व्यक्त गरेका थिए।

कार्यक्रम किरात याक्थुङ थेगिमहाङ चोबेगु सजुम्लुङ जिल्ला समिति पाँचथरका अध्यक्ष कमल कुमार जबेगुको अध्यक्षतामा सम्पन्न भएको सहसचिव आइन्द्र जबेगुले बताएका छन्।