Advertisement Ad

Advertisement Ad

सापकोटाले पाए नेकपा एमाले पाँचथरको कार्यबाहक अध्यक्षको जिम्मेवारी

१७ कार्तिक २०८०, पाँचथर। नेकपा एमाले जिल्ला कमिटी पाँचथरका सचिव विष्णु प्रसाद सापकोटा (बिमल) ले पार्टीको कार्यबाहक जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन्।

बिहीबार सम्पन्न नेकपा एमाले पाँचथरको एघारौं बैठकले सापकोटलाई कार्यबाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। पार्टीका जिल्ला अध्यक्ष राजकुमार भण्डारी गत १३ असोजमा प्रदेश कमिटी सचिवमा निर्वाचित भएपछि सापकोटालाई कार्यबाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिने बैठकले निर्णय गरेको पार्टीका जिल्ला सचिवालय सदस्य तुलसी क्षितिजले बताए।

पार्टीका जिल्ला उपाध्यक्ष धनकुमार फियाक समेत प्रदेश कमिटीका निर्वाचित भएपछि केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीको उपस्थितिमा सम्पन्न बैठकले सापकोटालाई कार्यबाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। बैठकले नेकपा एमालेको प्रदेश कमिटीमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई सहित शुभकामना दिएको छ।

यसैबीच नेकपा एमाले जिल्ला कमिटी पाँचथरको अधिवेशन १५ र १६ पुषमा सदरमुकाम फिदिममा सम्पन्न गर्ने समेत बैठकले निर्णय गरेको बताइएको छ।