Advertisement Ad

फालेलुङमा स्वास्थकर्मीहरुलाई विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली सम्बन्धी तालिम

Advertisement Ad

चैत २०८०, पाँचथर। फालेलुङ गाउँपालिकामा स्वास्थकर्मीहरुलाई विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली सम्बन्धी तालिम दिइएको छ।

गाउँपालिकाको आर्थिक सहयोग स्वास्थ्य निर्देशनालय धनकुटाको प्रविधिक सहयोगमा चैत गते देखि गतेसम्म तिन दिने तालिम सञ्चालन गरिएको थियो। तालिममा फिदिम नगरपालिका फालेलुङ गाउँपालिका गरि १६ जना स्वास्थ्यकर्मी सहभागी रहेको स्वास्थ्य शाखा प्रमुख सुरज कुमार पासवानले बताए।

स्वास्थ्य संस्थाका औषधिजन्य सामग्रीहरु पालिकाबाट स्वास्थ्य संस्थामा अनलाइन हस्तान्तरण फारम तयार गर्न, स्वास्थ्य संस्थाले अनलाइन मार्फत नै औषधी माग गर्न, पालिकाले औषधी पठाएको दाखिला गर्न लगायत स्वास्थ्य संस्थाका विभिन्न फाँटहरुमाऔषधीको खर्च निकासा गर्न लगायत आपूर्ति सम्बन्धी कार्यहरु अनलाइनबाट गर्ने गरि जिल्लामा पहिलो पटक फालेलुङ गाउँपालिकामा तालिम दिएर सञ्चालनमा ल्याइएको स्वास्थ्य प्रमुख पासवानले बताए।

अब गाउँपालिकामा कुनै पनि स्वास्थ्य संस्थामा औषधीको डेट सकिएको, स्वास्थ्य संस्थामा औषधी सकिएको भए तत्कालअनलाइनबाट थाहा पाई व्यवस्थापन गर्न सकिने प्रणाली जडान भएको बताइएको छ।

पालिकाको विभिन्न स्वास्थ्य कार्यलयमा ईन्टरनेट,कम्प्युटर स्वास्थ्य सामाग्री पुगिसकेको फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्वेले बताए। कर्मचारीहरुलाई तालिमपछि सबै सामाग्री अनलाइन मार्फत प्रयोग गर्न पालिका उपप्रमुख महेन्द्रहाङ जबेगूले निर्देशन दिए।