Advertisement Ad

Advertisement Ad

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित

६ चैत २०८०, पाँचथर। फिदिम नगरपालिकालाई मंगलबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ।

एक समारोहकाबीच फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्ले र जिल्ला समन्वय समितिका उपप्रमुख याम कुमार आङबोले नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरेका थिए। यसअघि पहिलो चरणमा नगरपालिकाको १४ वटै वडा पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको थियो।

नगरपालिकाका बालबालिकाहरुलाई लगाउनुपर्ने सबै खोप र खोपको मात्रा लगाई निश्चित मापदण्ड पूरा गरेपछि नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। यस अघि जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिसकिएको छ।