– विश्वदिप फियाक
तिमी भन्छौ अरे, मेरो बानी खराब छ,
कि थाहा पायौ, यो गिलासमा सराब छ।
हार्दैछु तिमी जित्दै जानु, जीवन खेलमा,
नबिर्सिनु त्यो जीतमा, मेरो हारको प्रभाव छ।
किन सुर्ता गर्छौ ए, मायाको भण्डार हुँदा,
जति चाहिन्छ लैजाउ, धनको अभाव छ।
हेर्न पनि चाहदैनौ आजकल, तर्छौ आँखा,
कि भित्र घृणा, बाहिर प्रेमको नकाब छ ?
दमक, झापा
