Advertisement Ad

पाँचथरमा चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

Advertisement Ad

७ चैत २०८०, पाँचथर। जिल्लाको हिलिहाङ गाउँपालिकास्थित गोपेटार प्रहरी चौकीमा कार्यरत एक प्रहरी सहायक हवल्दारको चट्याङ लागेर मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङको ग्रामथान गाउँपालिका–४ घर भएका ३५ बर्षीय प्रहरी सहायक हवल्दार पाण्डव कुमार माझी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। मंगलबार गस्ती गरिरहेको अवस्थामा हावाहुरी र चट्याङसँगै पानी परेकाले कार्यालयमा फर्किएर ढोकामा उभिरहेको अवस्थामा उनलाई चट्याङको झड्का लागेको थियो।

चट्याङको झड्का लागेर घाइते भएका उनलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो। उनको फिदिमस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ।