Advertisement Ad

Advertisement Ad

पाँचथरको फालेलुङ सहितका स्थानमा हिउँ पर्यो

७ चैत २०८०, पाँचथर। जिल्लाको उच्च पहाडि क्षेत्र फालेलुङ लगायतका स्थानमा हिउँ परेको छ।

फालेलुङका डिल्ली केरुङका अनुसार फालेलुङ गाउँपालिकाको चारराते, फालौट, सुर्केथाम, इलाम–पाँचथर सीमावर्ती सन्दकपुर लगायतका क्षेत्रमा बुधबार बिहानैदेखि हिउँ परेको छ।

याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङ सहितका उच्च पहाडी तथा हिमाली भेगहरुमा पनि हिउँ परिरहेको छ।

हिउँ परेपछि स्थानीय पशुपालक र कृषक खुसी भएका छन्। यो सिजनमा हिउँ पर्दा बालिनाली सप्रिने कृषक बताउछन्।