१९ वैशाख २०८१, इलाम। रोङ गाउँपालिका–४ बाइखोरमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दुर्घटनामा परेको भ्यानका चालक इलामको देउमाई नगरपालिका–६ बस्ने २५ बर्षीय दिपेश राई रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी भ्यानमा सवार इलाम नगरपालिका–५ बस्ने २६ बर्षीय विश्वास राई गम्भिर घाइते भएका जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी प्रकाश जबेगुले बताए। उनलाई उद्धार गरी उपचारका लागि झापा पठाइएको छ।
झापाबाट इलाम आउदै गरेको मे १ ज ३२६३ नं.को भ्यान मेची राजमार्ग अन्तर्गत रोङ गाउँपालिका–४ मा दुर्घटनामा परेको थियो।
