Advertisement Ad

Advertisement Ad

विद्यालयमा कोष स्थापना गर्न सहयोग गर्ने दातालाई सम्मान, उत्कृष्ट विद्यार्थी पुरस्कृत

१८ वैशाख २०८१, पाँचथर। फिदिम–६ सिवास्थित चोकमागु आधारभूत विद्यालयको शैक्षिक उन्नतिका लागि सहयोग गर्ने दाताहरूलाई मंगलबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ।

विद्यालयको शैक्षिक उन्नयनका लागि स्थापना भएका ‘स्व.जंगवीर स्मृती कोष’, ‘एरिया वेल्फेयर सेन्टर फिदिम’, ‘लायन्स क्लव अफ क्यालीवर धरान’, ‘स्व.सञ्चमती स्मृती कोष’, ‘चोकमागु आवि अक्षयकोष’ र ‘स्व.लिलाराज स्मृती कोष’ लगायतका दाताहरूलाई विद्यालयमा आयोजित कार्यक्रमकाबीच सम्मान गरिएको हो।

साथै शैक्षिक सत्र २०८० मा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई समेत स्टेसनरी र शैक्षिक सामग्रीबाट पुरस्कृत गरिएको छ। उत्कृष्ट विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक र विशेष अतिथि फिदिम–६ का वडा अध्यक्ष विपन तुम्रोक लगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य लोकेन्द्र तुम्रोकको अध्यक्षतामा सम्पन्न भएको प्रधानाध्यापक नरेन्द्र शेर्माले बताए।