Advertisement Ad

इलाममा विजय ¥यालीबाट फर्किदै गरेकाहरु सवार पिकअप् दुर्घटना

Advertisement Ad

१८ वैशाख २०८१, इलाम। इलाम बजारमा नेकपा एमालेले आयोजना गरेको विजय ¥यालीमा सहभागि भएर फर्किएकाहरु सवार पिकअप् दुर्घटनामा परेको छ।

इलाम नपा–५ स्थित बिब्ल्याँटे बजार नजिकै विजय ¥यालीमा सहभागि भएर फर्किएकाहरु सवार पिकअप् दुर्घटनामा परेको बताइएको छ। त्यहाँस्थित इक्सा होटेलको गोलाईमा पिकअप् पल्टिएको हो।

उक्त दुर्घटनामा १५ जना जति भाइते भएका र केहिको अवस्था गम्भिर रहेको दिनेश ढकालले जानकारी दिए। दुर्घटनाको पूरा विवरण आउन बाँकि छ।

इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी भएपछि आज इलाममा विजय ¥याली र सभा गरिएको थियो।