Advertisement Ad

रिफ्रेसका लागि उपयुक्त ठाउँः फिदिम–२ हेलिप्याड (तस्बिरहरु)

Advertisement Ad

१८ वैशाख २०८१, पाँचथर। तपाईं पाँचथर सदरमुकाम फिदिम अथवा आसपासमा हुनुहुन्छ र रिफ्रेसका लागि एकैछिनलाई नजिकै कतै निस्कने मुडमा हुनुहुन्छ भने तपाईंको लागि उपयुक्त गन्तव्य हो, फाल्गुनन्द हेलिप्याड।

फिदिम नपा–२ ओदिनस्थित वडा कार्यालयसँगै रहेको फाल्गुनन्द हेलिप्याड युवा युवती र किसोरी किसोरीका लागि रमाइलो गर्दै सेल्फी खिच्ने, फोटो र भिडियो खिच्ने स्थान बनेको छ। वडा कार्यालयको पहलमा २०७६ मा बनेको फाल्गुनन्द हेलिप्याडमा रिफ्रेस हुन, वारिपारि रमिता हेर्न, फोटो र भिडियो खिच्न आन्तरिक पर्यटक आइरहने पत्रकार नारायण तुम्बापोले बताए। म्यूजिक भिडियो सुटिङका लागि समेत कलाकारहरु फाल्गुनन्द हेलिप्याड पुग्ने गरेका उनले बताए।

फिदिम नगरपालिकाको २ नं.वडा कार्यालयसँगै रहेकाले पनि हेलिप्याडमा दिनहुँजसो मानिसहरुको चलहपहल हुने गरेको छ। विशेषतः बिदाको दिन फिदिम बजार र आसपासका क्षेत्र सँगै रमिते, बतासे, चोकमागु, सिवा, नवमीडाँडा लगायतका मानिस रिफ्रेस हुन हेलिप्याड पुग्ने गरेका छन्।

फिदिममा अन्य कतै हेलिप्याड नहुँदा हेलिकोप्टर ल्याण्ड गर्नलाई समस्या थियो। ओदिनकै नेपाली सेनाको व्यारेकभित्र रहेको हेलिप्याडमा अन्य हेलिकोप्टर ल्याण्ड गर्न विभिन्न प्रक्रियागत झमेला थिए। त्यसैले वडा कार्यालयको पहलमा वडा कार्यालयसँगै फाल्गुनन्द हेलिप्याड निर्माण गरिएको निवर्तमान वडा अध्यक्ष सुकपाल तुम्बापोले बताए। हेलिप्याड बनेसँगै फिदिममा हेलि ल्याण्ड गर्न अहिले समस्या छैन।

सदरमुकाम फिदिम बजारबाट करीब तीन किलोमिटरको दुरीमा रहेको फाल्गुनन्द हेलिप्याड पछिल्लो समय रिफ्रेसका लागि उपयुक्त स्थान बनेको हो।

तस्बिरहरुः