Advertisement Ad

Advertisement Ad

पाँचथरमा रुखबाट लडेर एक जनाको मृत्यु

१८ वैशाख २०८१, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५० बर्षीय खड्गबहादुर चेम्जोङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी, प्रहरी निरिक्षक सुमित कुश्वाहाले बताए। सोमबार अपरान्ह फाल्गुनन्द–५ फाक्तेपस्थित सिङ्जुवाको जङ्गलमा घाँस काटन गएका चेम्जोङको रुखमा चढि घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

अबेरसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा रुखबाट लडेर मरेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।