Advertisement Ad

पद्मसुन्दर लाओतीको नवौं स्मृति दिवसमा लाओतीको विकासप्रेमको चर्चा

Advertisement Ad

२८ जेठ २०८१, पाँचथर। पूर्वमन्त्री पद्मसुन्दर लाओतीको नवौं स्मृति दिवसको अवसरमा  लाओतीको विकास प्रेमको चर्चा गरिएको छ।

पूर्वमन्त्री लाओतीको नवौं स्मृति दिवसका अवसरमा उनको विकासवादी ब्यक्तित्वबारे फिदिममा चर्चा गरिएको हो। नवौं स्मृति दिवसका अवसरमा पद्मसुन्दर लावती प्रतिष्ठानले आइतबार फिदिममा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले उनले जिल्लाको विकासमा पुर्याएको योगदानको प्रसंशा गरे। पूर्वमन्त्री एवम् संविधानसभाका सदस्य श्रीप्रसाद जबेगूले लाओतीको उचाइमा जिल्लाका अन्य नेतापुग्न नसक्ने बताए।राजनीतिमा लामो समय ब्यतित गर्दा लाओतीले विकासका क्षेत्रमा अतुलनीय योगदान गर्नुभयो”, जबेगूले भने, “मैले भन्ने गरेको छु, अरुले चाहेर पनि उहाँको स्थानमा पुग्न सक्दैनौं।

पद्मसुन्दर लाओती प्रतिष्ठानका सचिव लोकेन्द्र आलेमगर जिल्लामा शिक्षा, स्वास्थ्य, विद्युत लगायत क्षेत्रमा लाओतीको योगदान सधैंस्मरणीय रहेको बताउछन्। लावतीको देनलाई जीवन्त तुल्याउन प्रतिष्ठानले प्रयास गर्ने उनको भनाइ छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता समेत रहेका दिवङ्गत लावतीका सुपुत्र सगुनसुन्दर लावतीले आफ्ना पिताको योगदानलाई सबै जिल्लावासीले साझा रुपमा लिएको बताए।उहाँमा जुन विकास प्रेम थियो, अहिले त्यसको अभाव ”, लाओतीले भने, “त्यो अभाव खड्किए पनि हामीले उहाँको पदचाप पच्छ्याइरहेका छौं।

पद्मसुन्दर लावती प्रतिष्ठानले फिदिममा आयोजना गरेको कार्यक्रममा लाओतीको पुस्तकमेरो देश, मेरो परिवेशको दोश्रो संस्करण तथा लावतीको योगदान जिम्मेवारी उल्लेखित ब्रोसर सार्वजनिक गरिएको छ। यस्तै साँझ बजे फिदिमको अस्पताल मोडमा रहेको लाओतीको शालिकमा माल्यार्पण गरिनुका साथै दीप प्रज्ज्वलन गरिएको पद्मसुन्दर लावती प्रतिष्ठानका अध्यक्ष विजयबोध लावतीले जानकारी दिए। स्मृति दिवसका अवसरमा फिदिम नगरपालिका स्थित आदर्श आधारभूत विद्यालयका विद्यार्थीलाई रु. १५ हजार मूल्यको खाद्य सामग्री वितरण गरिएको उनले बताए।

स्मृति दिवस कार्यक्रममा संविधानसभा सदस्य बबिना मोक्तान सहित जिल्ला स्थित राजनीतिक दल, नागरिक समाज, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, लाओतीका समर्थक फिदिमवासीहरुको सहभागिता थियो

वि.सं. १९९६ साउन गते पाकिस्तानमा जन्मनुभएका लाओतीको २०७२ साल जेठ २७ गते उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो। २०२१ सालमा पाँचथरको यासोक गाउँ पञ्चायतको प्रधानपञ्च निर्वाचित भएपछि अघि बढेको लाओतीको राजनीतिक यात्रा जीवनपर्यन्त चलेको थियो। यस क्रममा उनले उद्योग वाणिज्य स्वास्थ्य राज्यमन्त्री, स्वास्थ्य, गृह, सामान्य प्रशासन, उद्योग, सञ्चार, भूमि सुधार तथा ब्यवस्था कृषि मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

२०२४ सालदेखि राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित लाओती प्रजातन्त्र पुनस्र्थापना पश्चात वि.सं. २०५१ सालको मध्यावधि निर्वाचनमा पाँचथर क्षेत्र नं. बाट प्रतिनिधिसभा सदस्य निर्वाचित ब्भएका थिए। राप्रपाको संस्थापक समेत रहेका लाओती राप्रपा नेपाल समानान्तरको अध्यक्ष समेत बनेका थिए। लाओतीको पहलमा मेची राजमार्ग विस्तार कालोपत्र, जलविद्युत विकास, जिल्ला अस्पताल, पाँचथर बहुमुखी क्याम्पस लगायत संस्थाको स्थापना, मुख्य सडकहरुको ट्रयाक विस्तार, सिंचाइ, खानेपानी विद्यालय स्वास्थ्य संस्थाको स्थापना भएको जिल्लावासीको बुझाइ छ।