Advertisement Ad

फिदिम–२ स्थित आदर्श आधारभूत विदालयका आवासीय विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

Advertisement Ad

३२ जेठ २०८१, पाँचथर। फिदिम–२, ओदीन स्थित आदर्श आधारभूत विद्यालयका आवासीय विद्यार्थीलाई जनसेवा समाज पाँचथरले शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। समाजका अध्यक्ष राजेन्द्र अधिकारीले आवासीय कक्षा व्यवस्थपन समिति संयोजक गंगा इङ्वा लिम्बूलाई बिहीबार शैक्षिक सामग्री प्रदान गरे।

फिदिमको सापकोटा पुस्तक पसलका प्रोपाइटर नोम सापकोटा मार्फत जनसेवाको समन्वयबाट सो शैक्षिक सामग्री प्राप्त भएको हो। सहयोगको रुपमा प्राप्त १२० थान कापी र १५ प्याकेट पेन्सिल जनसेवाले विद्यालयमै आएर प्रदान गरेको हो। लामो समयदेखि समाजसेवामा क्रियाशिल जनसेवाका अध्यक्ष राजेन्द्रले आवासीय विद्यार्थीलाई संस्थाको तर्फबाट थप सहयोग पु¥याउने बताए।

यसै शैक्षिक शत्रबाट आदर्श आधारभूत विद्यालयमा आवासीय कक्षा सुचारु गरिएको हो। पारिवारिक विचलनमा परेर, आमाबाबु गुमाएर तथा कमजोर आर्थिक अवस्था भएर विद्यालय बाहिर रहेका बालबालीकालाई पढ्ने वातावरण दिलाउन आवासीय कक्षा सञ्चालनमा ल्याइएको हो। उक्त विद्यालयमा अहिले पाँचथरका विभिन्न ठाउँका २० जना बालबालीका पढीरहेका छन्।

विभिन्न निकाय, व्याक्तिबाट आवासीय विद्यार्थीका लागि खाद्यान्हका साथै नगद, जिन्सी सहयोग प्राप्त भइरहेको छ। विद्यालयसँग पर्याप्त भवन अभावले भाडाको घरमा आवासीय कक्षा सञ्चालन गर्नु परिरहेको अवस्था छ। त्यसैले नानीहरुले साँघुरो कोठामा असजिलोको साथ आवासीय सेवा लिन्ुपरिहेको छ। यसमा सहयोग पु¥याउन संयोजक गंगाले सम्बन्धित निकाय र सहयोगी मनहरुसँग सहयोगको अपिल गरेका छन्।

आउदो आर्थिक वर्षबाट आदर्श आधारभूत विद्यालयको आवासीय कक्षालाई सहयोग पुग्ने गरि बजेट विनीयोजन गरिने फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले बताए।

केहि समय अघि उक्त विद्यालयको पाँचथरका प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का सांसद, कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो मौसमले अवलोकन गरेका छन्। सो क्रममा सांसद आङ्बोले विद्यालयको व्यवस्थित भवन निर्माणमा सघाउने बचनबद्धता व्यक्त गरेका छन्।