Advertisement Ad

जीवन र समापिका अभिनित रोशन राईको ‘दुई थुङ्गा फूल’ सार्वजनिक

Advertisement Ad

२ असार २०८१, काठमाडौं। गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार)को नयाँ गीत ‘दुई थुङ्गा फूल’ सार्वजनिक भएको छ।

राई काजी चाम्लिंङको शब्द ,संगीत र लोकेश चाम्लिङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो। हसन राइको प्रस्तुतीमा बनेको गीतको भिडियोमा कलाकारहरु जीवन भट्टराई र समापिका गौतमको अभिनय रहेको छ।

बियोगान्त प्रेमकथा देखाइएको भिडियोमा लक्ष्मी बर्देवाको कन्सेप्ट र जीवन भट्टराईकै निर्देशन रहेको छ। भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको कलर ग्रेडिंङ तथा सम्पादन रहेको छ।

गायक तथा संगीतकार रोशन राईको यसअघिका थुप्रै गीतहरुले चर्चा बटुलिसकेका छन्।

भिडियोः