Advertisement Ad

फिदिम-२ स्थित आदर्श आविका आवासीय विद्यार्थीलाई पोसाक वितरण

Advertisement Ad

२७ जेठ २०८१, पाँचथर। फिदिम नगरपालिका, मुस्कान चौक निवासी देविकुमारी मुखियाले यसै वडा स्थित आदर्श आधारभूतविद्यालयका आवासीय विद्यार्थीलाई कपडा वितरण गरेका छन्। उनले पाइन्ट, टिसर्ट लगायतको बाह्र हजार मुल्य बराबरको कपडाशुक्रबार प्रदान गरेका हुन्।

असजिलोका साथ पुराना कपडा लगाउनु पर्दा असहज महसुस गरिरहेका नानीहरुको अवस्था देखेपछि आफूले सहयोग गरेको मुखियालेबताइन्। नयाँ कपडा लगाउन पाएपछि बालबालिका धेरै रमाए शुक्रबार नै फिदिम नगरपालिकाले पनि एक सय किलो चामल, २०किलो आलु आठआठ वटा डस्ना, कम्बल, झुल लगायत प्रदान गरेको छ।

यसअघि पत्रकार तथा साहित्यकार सन्देश सुब्बाले हजार सय ११ रुपियाँ नगद सहयोग गरेका छन्। स्थानीय वृद्ध विरबहादुरलिम्बूले हजार मुल्यको पानी राख्ने हिल टैंक प्रदान गरेका छन्। विरबहादुरले आफूले सरकारबाट पाएको वृद्धभत्ताबाट आधि रकमछुट्याएर विद्यालयलाई सहयोग गरेको बताए।

राप्त भइरहेको सहयोगले असहाय नानीहरुको आवासका लागि धेरै राहत पुगीरहेको आवासीय कक्षा व्यवस्थापन समिति संयोजक गंगाईंवा लिम्बूले बताए। संयोजक गंगाले फेरी पनि यस्तै सहयोगको अपेक्षा गर्दै विद्यालयको तर्फबाट दाताहरुप्रति धन्यवाद व्यक्त गरे।

यहाँको आवसीय कक्षामा आमा बाबुविहीन तथा अत्यन्तै कमजोर आर्थिक अवस्थाका २० जना असहाय विद्यार्थी अध्ययनरत छन्। यसैशैक्षिक वर्षबाट सुरु गरिएको यहाँको आवासिय विद्यार्थीका लागि तत्कालिन अवस्थामा गाँस, बाँस कपासको समस्या झेल्नु परिरहेकोछ। विद्यालयसंग पर्याप्त भवन अभावले भाडाको घरमा आवासीय कक्षा सञ्चालन गर्नु परिरहेको अवस्था छ।

यसका कारण नानीहरुले साघुरो कोठामा असजिलोको साथ आवासीय सेवा लिनुपरिहेको छ। यसमा सहयोग पुर्याउन संयोजक गंगालेसम्बन्धित निकाय सहयोगी मनहरुसंग सहयोगको अपिल गरेका छन्। केहि समय अघि यस विद्यालयको पाँचथरका प्रदेशसांसद, कोशी प्रदेशका पूर्व अर्थ मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो मौसमले अवलोकन गरेका थिए। यस क्रममा सांसद आङ्बोलेविद्यालयको व्यवस्थित भवन निर्माणमा सहयोग गर्न सघाउने बचनबद्धता व्यक्त गरेका छन्।