Advertisement Ad

लिम्बू भाषा कक्षा ११ र १२ को परीक्षा सम्पन्न

Advertisement Ad

२७ जेठ २०८१, पाँचथर। लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्ड द्वारा संचालित याक्थुङ (लिम्बू) भाषा (याक्थुङ पाःन्दाङ नु साप्सक) कक्षा ११ १२ को परीक्षा सम्पन्न भएको छ।

बोर्डले शैक्षिक शत्र २०८० को कक्षा१२ को परीक्षा शुक्रबार कक्षा११ को परिक्षा शनिबार संचालन गरेको हो। शैक्षिक शत्र २०८० मा  २४५ जनाले परीक्षा लेखेको लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डका परिक्षा नियन्त्रक तथा सत्यहाङमा मावि इम्बुङका प्रधानाध्यापक अमिता सुब्बाले बताए।

पाँचथरको फाल्गुनन्द इम्बुङस्थित सत्यहाङमा मावि, कुम्मायक यासोकस्थित पृथ्वी मावि, फिदिम१० याङनामस्थित खलङगाटार मावि, इलामको माङसेबुङ भालुटारस्थित सरस्वती मावि, ताप्लेजुङको फक्ताङलुङ लिङखिमस्थित सिंवा मावि  मोरङको केराबारी पाटीगाउँस्थित सरस्वती माविले बोर्डबाट सम्बन्धन लिई कक्षा ११ १२ मा लिम्बू भाषा पठनपाठन गराईरहेको बोर्डका संयोजक मलिसा याक्थुङबाले बताए।

सत्यहाङमा मावि, पृथ्वी मावि, खलङगाटार मावि, इलामको सरस्वती मावि, ताप्लेजुङको सिंवा मावि र मोरङको सरस्वती मावि परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको परिक्षा नियन्त्रक सुब्बाले बताए।