Advertisement Ad

Advertisement Ad

आठौं हरिराज खेवा स्मृति दिवशमा अनाथ बालबालिकालाई खाद्यान्ह, फलफूल र स्टेशनरी सामग्री प्रदान

१३ साउन २०८१, धनकुटा। हरिराज खेवा स्मृति प्रतिष्ठानले आइतबार धनकुटा नपा–४ स्थित श्रीपञ्चमी पार्कका अनाथ बालबालिकालाई खाद्यान्ह, फलफूल र स्टेशनरी सामग्री प्रदान गरेको छ।

पूर्व अर्थराज्यमन्त्री स्व.हरिराज खेवाको आठौं स्मृति दिवशको अवशरमा प्रतिष्ठानले पार्कमा आस्रित बालबालिकालाई ती सामग्री प्रदान गरेको हो। एक कार्यक्रमकाबीच प्रतिष्ठानकी संरक्षक, छथरजोरपाटी गाउँपालिकाका उपप्रमुख एवंम् स्व.खेवाकी धर्मपत्नी गीता गुरुङ खेवाले बालबालिकालाई सामग्री प्रदान गरेकी थिइन्।

श्रीपञ्चमी पार्क परिषरमा आयोजित कार्यक्रममा स्व.खेवाको तस्विरमा माल्यार्पण गरी श्रद्धा व्यक्त गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि, धनकुटा नगरपालिकाका उपमेयर भीमा खनाल, प्रतिष्ठानका संरक्षण गीता गुरुङ खेवा, धनकुटा नगरपालिकाकी पूर्व उपप्रमुख शकुन्तला बस्नेत, सामाजिक अगुवा ऋषिराम ढुंगाना, धनकुटा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तारा तितुङ, प्रतिष्ठानका सल्लाहकार तिलक राई लगायतले स्व. खेवाको योगदानको चर्चा गरेका थिए।

खाद्यान्ह, फलफूल र स्टेशनरी सामग्री पाउँदा श्रीपञ्चमी पार्कमा आस्रित बालबालिका खुसी भएका थिए। उक्त पार्कमा हालः १५ जना अनाथ बालबालिका आस्रित रहेका पार्ककका वार्डेन शुसीला दाहाल मिश्रले बताइन्।

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा धनकुटा क्षेत्र नं.२ बाट नेकपा माओवादीको तर्फबाट संविधानसभा सदस्य निर्वाचत भएका स्व. खेवा अर्थराज्यमन्त्री समेत बनेका थिए। धनकुटाको हात्तिखर्क निबासी उनको २०७३ साल साउन १३ गते धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिधुवामा बस दुर्घटनामा परी निधन भएको थियो। उक्त दुर्घटनामा खेवासहित १४ जनाको निधन भएको थियो।

स्व.हरिराज खेवा आठौं स्मृति दिवशको अवशरमा आयोजित खाद्यान्ह, फलफूल तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम हरिराज खेवा स्मृति प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र विष्टको अध्यक्षतामा सम्पन्न भएको महासचिव विष्णुमाया कन्दङवाले बताइन्।