इवारा जवेगु लिम्बू
१५ साउन २०८१, पाँचथर। सदरमुकाम फिदिममा अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा प्रभातफेरि कार्यक्रम गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरको आयोजनामा मंगलबार मानव बेचबिखन विरुद्धका विभिन्न प्लेकार्ड सहित बजार परिक्रमा गर्दै प्रभातफेरि गरिएको थियो।
कार्यक्रममा मानव बेचबिखनको अन्त्य हाम्रो सरोकार, मानव अधिकारको सम्मान गरौँ, मानव बेचबिखन तथा ओसारपसार अन्त्य गरौँ जस्ता प्लेकार्ड सहित जनचेतनामुलक अडियो प्रसारण गरिएको थियो।
त्यस्तै पर्चा, पम्प्लेट वितरण गर्दै सचेतना फैलाउने काम गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका, प्रहरी निरिक्षक विनयलाल शाहले बताए।
कार्यक्रममा फिदिम नगरपालिका, ४ नं.वडाका वडाअध्यक्ष उपेन्द्र लावती सहित मानवअधिकारकर्मी र सरोकारवालाहरुको सहभागिता रहेको थियो।