Advertisement Ad

याङवरक पोखरीको सुन्दरता

Advertisement Ad

भिम चेम्जोङ

२३ साउन, २०८१ पाँचथर। चारैतिर सुन्दर पार्क, आगन्तुकलाई तस्बिर खिच्न र आनन्द लिन चिटिक्क परेको बस्ने ठाउँ । बिचमा सुन्दर एक पोखरी । नजिकै कञ्चन पानी प्रवाहित भैरहेको निशान कालिकाधाम देबस्थल ।

‘याङवरक पोखरी’ याङवरक गाउँपलिकाको केन्द्र निशान बजारमा अवस्थित छ । देबस्थलसँगै पोखरी र पार्क निर्माण भएपछि याङ्वरक पोखरीमा घुम्न आउनेको चहलपहल बढेको स्थानियको भनाई छ । स्थानियका अनुसार पाँचथर, ताप्लेजुङ, इलामसँगै सिक्किमबाट समेत यहाँ घुम्न आउन थालेका छन । स्वच्छ हावापानी, सुन्दर पोखरी र पार्कले मन लोभ्याउने झापा स्थिति चन्द्रगडिबाट घुम्न आएका सुशिला भट्टराईले बताईन ।

पर्यटन प्रबर्द्धन तथा ऐतिहासिक निशान धामको संरक्षणका निम्ति याङवरक पोखरी निर्माणको योजना अगाडि बढाईएको याङ्वरक गाउँपालिका वडा नं ४ का पुर्व वडाध्यक्ष सरनन्द योङहाङले बताउनुभयो । २०७८ साल भदौ २४ गते सम्झौता गरि सुरु गरिएको योजना यहीँ असोज १ गते पहिलो चरणको  योजना सम्झौता सकिने योङ्हाङले बताए । २८ करोडको डिपिआर भएको योजना पहिलो चरण अन्तर्गत संघिय सरकार र पालिकाको आधा-आधा बजेट गरि लगभग ७ करोडको काम भैसकेको छ ।

प्रदेश सरकार र संघिय सरकाराको सहयोग लिएर बाँकि योजना चाँडै सम्पन्न गरिने पालिका उपाध्यक्ष बाबा मेन्याङबोले बताउनुभयो । याङवरक पोखरीलाई अझ पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्दै समृद्ध याङवरक गाउँपालिका निर्माणका लागि पालिका गम्भीर रहेको मेन्याङ्बोले बताउनुभयो । ‘याङ्वरक पोखरी’ परिसरमा सालिन्दा रुपमा निशान मेला लाग्ने गर्दछ ।

मुन्धुममा याङवरक 

मुन्धुम अनुसार याक्थुङ (लिम्बू) हरुको आराध्यदेवी युमा? धरतिमा अवतरित भएर डाँडापाखा, रनवन र पहाडपर्वतहरुमा घुम्ने गर्छन । यसरी युमा? विचरण गर्दै जाँदा याङवरक भन्ने ठाउँमा पुगिन । यश ठाउँमा एक्छिन आफ्नो थुन्छे बिसाईन र दबदबे हिलोको पानीमा पैसा हालिन् । त्यसपछि अल्पिईन । त्यसैले यश ठाउँलाई याङवरक भनिएको हो । लिम्बू भाषामा ‘याङ’ भनेको पैसा र ‘वरक’ भनेको पोखरी हो ।

3