२३ साउन २०८१, इलाम। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले बार्षिक रुपमा वितरण गर्दै आएको ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ यसबर्ष पत्रकार सुजता सुनुवारलाई प्रदान गरिने भएको छ।
सम्मान पत्र सहित १० हजार रुपैंयाँ राशी रहेको उक्त पुरस्कार पत्रकार सुनुवारलाई यहीं साउन २७ गते फोनिजको २५ औं स्थापना दिवश (रजत बर्ष)को अवशरमा इलाम सदरमुकाममा कार्यक्रम आयोजना गरी प्रदान गरिने फोनिज इलामका अध्यक्ष राम योङहाङले बताए। डेढ दशक अघि इलामबाट पत्रकारिता सुरु गरेकी सुनुवार अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौंमा कार्यरत छिन्।
आदिवासी जनजातिको हक, अधिकार, सभ्यता, संस्कृति, भाषा, लिपी र आदिवासी ज्ञान सिप सम्बन्धी सक्रिय कलम चलाउने एक जनालाई बार्षिक रुपमा उक्त पुरस्कार वितरण गरिदै आएको फोनिज इलामका अध्यक्ष योङहाङले बताए। उक्त पुरस्कारबाट यस अघि पत्रकार सटेन्द्र जबेगु र ज्ञानु केदेम पुरस्कृत भइरहेका छन्।
