Advertisement Ad

Advertisement Ad

नुवाकोटमा हेलिकप्टर दुर्घटनाः एक महिला र चार पूरुषको शव भेटियो

२३ साउन २०८१, काठमाडौँ। नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर जङ्गलमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।

घटनास्थलमा एक महिला र चार पूरुषको शव भेटिएको नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए। उक्त हेलिकप्टरमा एक पाइलट र चार यात्रु रहेको बताइएको छ।

काठमाडौँबाट रसुवाको स्याफ्रुवेँशीका लागि उडेको हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कबिहीन भएको थियो। उक्त हेलिकप्टर काठमाडौँबाट बुधबार दिउँसो १ः५४ मा उडेको नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए।

सूर्यचौर जङ्गलमा हेलिकप्टर जस्तो वस्तु जलेर धुवाँ आइरहेको भन्ने जानकारी प्राप्त भएपछि सुरक्षाकर्मीहरु त्यता गएका नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँले बताए।

तस्विरः फायल फोटो।