Advertisement Ad

Advertisement Ad

अखिल (क्रान्तिकारी) पाँचथरको ४० मावी तथा क्याम्पसमा सम्मेलन सम्पन्न

२४ साउन, २०८१ पाँचथर ।  अखिल (क्रान्तिकारी) पाँचथरले ४० वटा मावि तथा क्याम्पसमा सम्मेलन सम्पन्न गरेको छ ।

आउँदो भदौ १० गते फिदिममा हुने १३ औं अधिवेशनको तयारीका लागी धमाधम मावी तथा क्याम्पसमा सम्मेलन गरिरहेको अखिल क्रान्तिकारी पाँचथरका अध्यक्ष सन्दिप तुम्रोकले बताए । जिल्लाको ८५ मावी तथा क्याम्पसमध्ये ४० वटामा सम्मेलन सम्पन्न भैसकेको तुम्रोकले बताए । अखिल (क्रान्तिकारी) पाँचथरले सबै मावि, क्याम्पस र पालिकास्तरीय सम्मेलन यहीँ साउन महिनाभित्र गरिसक्ने निर्णय गरेको छ।

साउन ७ गते बसेको जिल्ला सचिवालय कमिटीको बैठकले सो निर्णय गरेको अनुसार १३ औं अधिवेशनमा दुई सय जना प्रतिनिधि, पर्यवेक्षकको उपस्थिति रहने तुम्रोकले बताए।

अखिल क्रान्तिकारीको प्रदेश सम्मेलन भदौ २४ र २५ त्यस्तै राष्ट्रिय सम्मेलन असोज २ देखि ५ गतेसम्म हुने तय भएको छ।