Advertisement Ad

Advertisement Ad

पाँचथरमा ३०औँ आदिवासी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

पाँचथर – ३०औँ आदिवासी दिवसको सन्दर्भमा पाँचथरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पान्थरको आयोजना सम्पन्न भएको हो । फेदेन स्थित होटल फेमेलिको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति तथा किरात याक्थुङ चुम्लुङ संघीय सल्लाहकार राजेन्द्रकुमार जबेगु, जिल्ला प्रहरी कार्यालय प्रमुख हेमन्त भन्डारी, प्रदेश नं. १ पुनःनामांकन संयुक्त संघर्ष समिती सचीव कमल हाङ्सरुम्बा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ अध्यक्ष रामचन्द्र बम्जन, आदिवासी अभियन्ता लोकेन्द्र आलेमगर, निवर्तमान अध्यक्ष रिन्जी सेर्पा, राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख चिरन कोइराला, बन उपभोक्ता महासंघ प्रदेश सचीव देवि न्यौपाने, सावित्रीदेवी गुरुङ, गणेश साम्पाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । “संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर” भन्ने मूल नारासहित देशैभर कार्यक्रम आयोजना भइरहेको अध्यक्ष सागर केरुङ्ले बताए ।