Advertisement Ad

प्रदेशसभा सूचारु गर्न माओवादी केन्द्रको माग

Advertisement Ad

२५ साउन २०८१, विराटनगर। नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभा तत्काल सूचारु गर्न माग गरेको छ।

नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङबो (मौसम)ले प्रदेशसभाको बैठक राख्ने सन्दर्भमा मूख्यमन्त्री र सभामुखको ध्यानाकार्षण गराएका हुन्। बर्षाका कारण सिर्जित बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक बिपक्ति र अन्य जनसरोकारका विषय उठाउने थलो प्रदेशसभा सूचारु गरिनुपर्ने नेता आङबोको भनाई छ।

प्रदेश निजामती ऐनलाई संशोधन गर्न बनेको बिधेयक, तत्कालीन सरकारले केही प्रदेश ऐन संशोधन गर्न ल्याएको अध्यादेश अस्वीकृतसँगै निष्क्रिय रहेका ऐनहरु पुनस्र्थापित गर्ने बिधेयक लगायत अत्यावस्यक ऐनहरु प्रदेशसभामा अलपत्र रहेका उल्लेख गर्दै नेता आङबोले तत्काल प्रदेशसभा सूचारु गर्न माग गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘बिना कुनै बहाना तत्काल प्रदेशसभा सूचारु गर्न मूख्यमन्त्री र सभामुख ज्यूको गम्भीर ध्यानाकार्षण गराउदु।’

पूर्व आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका आङबोले आफूहरु तत्कालै सरकारको कामको मूल्याङ्कन गरिहाल्ने पक्षमा नरहेको बताएका छन्। केन्द्रीय समीकरण अनुसार प्रदेशमा हुने भागबण्डा र नयाँ मन्त्रीमण्ड गठनको विषयमा आफ्नो पार्टीको चासो नभएको पनि नेता आङबोले बताएका छन्। नेकपा (माओवादी केन्द्र) प्रदेश सरकारबाट बाहिरिएको दुई साता बितिसक्दा पनि संघीय समीकरण अनुसार नेपाली कांग्रेस प्रदेश सरकारमा सहभागि भएको छैन।

८ असारमा प्रदेशको बजेट पारित भएपछि स्थगित भएको प्रदेशभाको पाँचौं अधिवेशनको बैठक अहिलेसम्म बस्न सकेको छैन।