Advertisement Ad

Advertisement Ad

फोनिज पाँचथरद्वारा आदर्श आवि ओदिनका आवासीय विद्यार्थीहरुलाई शैक्षिक सामग्री र खाद्यान्न प्रदान

२७ साउन २०८१, पाँचथर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरले २५ औं स्थापना दिवश (रजत बर्ष) को अवशरमा फिदिम ओदिनस्थित आदर्श आधारभूत विद्यालयका आवासीय विद्यार्थीहरुलाई शैक्षिक सामग्री खाद्यान्न प्रदान गरेको छ।

स्थापना दिवशको अवसरमा आइतबार १० हजार रुपैंयाँ बराबरको सामग्री संस्थाको तर्फबाट प्रदान गरिएको फोनिज पाँचथरका अध्यक्ष रामचन्द्र तामाङले बताए। फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष  ठाकुरसिं नेम्बाङ, फोनिजका प्रदेस समिति सल्लाहकार विजयबोध लाओती, विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवी तुम्बापो, आवासीय कक्षा सञ्चालक समिति संयोजक गंगा इङ्वा लिम्बू लगायतको उपस्थितिमा शैक्षिक सामग्री र खाद्यान्न प्रदान गरिएको थियो।

फोनिज पाँचथरको टोली विद्यालयमै पुगेर ती सामग्री प्रदान गरेको थियो। त्यहाँको आवासीय कक्षामा विभिन्न ठाउँका २० जना अनाथ असहाय बालबालिका अध्ययनरत रहेका आवासीय कक्षा सञ्चालक समिति संयोजक गंगा इङ्वा लिम्बूले बताए।