Advertisement Ad

Advertisement Ad

पाँचथरमा श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ

२३ साउन २०८२, पाँचथर। आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

आफूलाई जबरजस्ती करणी गरेको भन्दै २३ वर्षीया श्रीमतीले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएपछि उनका २७ वर्षीय श्रीमानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको पाँचथर प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक कौशल बुढाथोकीले बताए।

यी दम्पती फिदिम नगरपालिका–४ मा अर्काको घरमा बस्दै आएका बताइएको छ। उनीहरुको अढाई वर्षीया छोरी पनि रहेकी छिन्। श्रीमतीले श्रीमानले मादक पदार्थ सेवन गरेर झगडा र कुटपिट गर्ने साथै जबरजस्ती करणी गर्ने गरेको आरोप लगाएकी छिन्।

मुलुकी अपराध संहिता ऐन, २०७४ ले बैवाहिक बलात्कारमा दोषी ठहर भए कैद सजायको व्यवस्था छ।