२३ भदौ २०८२, काठमाडौं। जेनजीहरुको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ।
सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका जेननीहरु प्रदर्शनकारीको प्रहरीको गोली लागि मृत्यु भएको हो। सोमबार दिउँसो साँडे तीन बजेसम्ममा १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ। सिभिल अस्तालमा थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या १४ पुगेको हो।
उपत्यकाका विभिन्न अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको बताइएको छ। कति घाइते भए यकिन विवरण आउन सकेको छैन। जेनजीहरुले सोमबार काठमाडौं उपत्यका सहित देशका विभिन्न सहरमा प्रदर्शन गरिरहेका छन्।
