Advertisement Ad

Advertisement Ad

इटहरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

२३ भदौ २०८२, इटहरी। इटहरी उपमहानगरपालिकाको केही क्षेत्रहरुमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन्। आज (सोमबार) दिउँसो साँढे तीन बजेदेखि अर्को सूचना जारी नभएसम्मलाई कर्फ्यु आदेश जारी गरिएको हो।

प्रशासनले इटहरी उत्तरमा हलगडा नेपाली सेनाको व्यारेकदेखि पारुहाङ चोक, पूर्वमा मिलन चोकदेखि जुट विकास, दक्षिणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दक्षिण, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चोक हुँदै वसपार्क क्षेत्र भित्र र पश्चिममा कलङ्की मोड देखि जनता बस्ती भित्र चारकिल्ला तोकि कर्फ्यु आदेश जारी गरेको हो।

जेनजीहरुको प्रदर्शन हिंशात्मक बनेपछि इटहरीमा प्रशासनले कर्फ्यु लगाएको हो। सोमबार काठमाडौं उपत्यका सहित देशका विभिन्न सहरहरुमा जेनजीहरुले प्रदर्शन गरिरहेका छन्। हिंशात्मक प्रशर्दनको क्रममा प्रहरीको गोली लागि १४ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ। कैयौं घाइते भएका छन्।