२७ भदौ २०८२, पाँचथर। नेपाल वार एसोसिएशन, जिल्ला वार इकाई, पाँचथर र नेपाल पत्रकार महासंघ पाँचथर शाखाले शुक्रबार सदरमुकाम फिदिममा मौन र्याली निकालेका छन्।
पत्रकार, कानून व्यवसायी र अधिकारकर्मीहरु राष्ट्रियता र संविधान बचाऔं लेखिएका प्ले कार्ड बोकेर र्यालीमा निस्केका हुन्। जेन–जी पुस्ताले गरेको आन्दोलन पछिको अहिलेको परिस्थितिमा शान्ति स्थापनार्थ एवम् राष्ट्रियता र संविधानको रक्षा गर्दै अझ उन्नत र सुदृढ लोकतन्त्रका लागि मौन र्याली निकालिएको हो।
मौन र्यालीमा जिल्लास्थित कानून व्यवसायी, पत्रकार, अधिकारकर्मी र नागरिक अगुवाहरुको सहभागिता रहेको नेपाल पत्रकार महासंघ, पाँचथरका अध्यक्ष भीम कुमार बाँस्कोटाले बताए।