Advertisement Ad

Advertisement Ad

पाँचथरमा एक हजार १११ सदस्यीय पहिचानका लागि युवा दस्ता घोषणा हुँदै

२६ मंसिर २०८०, पाँचथर। प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति पाँचथरले भोलि (बुधबार) एक हजार १११ सदस्यीय पहिचानका लागि युवा दस्ता घोषणा गर्ने जनाएको छ।

सदरमुकाम फिदिममा मंगलबार पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले युवा दस्ता घोषणाको तयारी पूरा भएको जनाएको हो। प्रदेशको नाम ‘कोशी’ नामाङ्कन गरिएसँगै त्यसलाई सच्याएर पहिचान र सभ्यताको आधारमा पुनः नामकरण गरिनुपर्ने माग सहित आन्दोलित बनेको संघर्ष समितिले प्रदेशका १४ वटै जिल्लामा युवा दस्ता गठन गर्ने कार्यक्रम अन्तर्गत पाँचथरमा पनि घोषणा गर्न लागिएको जनाइएको छ।

संघर्ष समितिले नेकपा एमालेका शीर्ष नेताबाट पटक–पटक पहिचानवादीलाई आतङ्कारी र अपराधी करार गर्ने काम भएको भन्दै कथित झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको आयोजना गरेर जनता–जनताबीच मुठभेटको अवस्था सिर्जना गरेको समेत आरोप लगाएको छ।

संघर्ष समितिले बुधबार पक्राउ गरिएका पूर्वमन्त्री, पहिचानवादी नेता गोपाल किराती सहितका नेता–कार्यकर्तालाई बिनासर्त रिह गर्न पनि माग गरेको छ। समितिले मंसिर २८ गते हिलिहाङ गाउँपालिकाको चतुरे, जोरपोखरी, गोपेटार र याङवरक गाउँपालिकाको थर्पु र च्याङथापु बजार लगायतका क्षेत्रमा मसाल जुलुल निकाल्ने समेत संघर्ष समितिका संयोजक सुवाश तुम्बापो ‘काङ्सोरे’ले बताए।