Advertisement Ad

‘थाङ्ग्रा’ र ‘जङ्क्सन पिपलबोट’लाई पहिचान पुरस्कार

Advertisement Ad

२७ मंसिर २०८०, पाँचथर। प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ र प्रकाश गुरागाईंको पुस्तक ‘जङ्क्सन पिपलबोट (नयाँ सडकको कथा)’लाई २०७९ को पहिचान पुरस्कार प्रदान गरिने भएको छ।

मंगलबार पहिचान पुरस्कार कोषले एक विज्ञप्ती जारी गर्दै ‘थाङ्ग्रा’ र ‘जङ्क्सन पिपलबोट (नयाँ सडकको कथा)’लाई पहिचान पुरस्कार प्रदान गरिने जनाएको हो। पहिचान पुरस्कारका लागि छानिएका उत्कृष्ट आठ कृतिमध्येबाट दुई पुस्तक पुरस्कारका लागि छनौंट गरिएको जनाइएको छ।

पुरस्कारको राशी नगद ४ लाख २ हजार २ रुपैंयाँ रहेको छ। दुई कृतिलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरिने पहिचान पुरस्कारका संस्थापक नरेश काङमाङ राईले जनाएका छन्।