Advertisement Ad

Advertisement Ad

पत्रकार युद्धबहादुर बोहोरा प्रेस सेन्टरमा प्रवेश

२७ मंसिर २०८०, पाँचथर। नेपाल पत्रकार महासंघ पाँचथर शाखाका कार्य समिति सदस्य, पत्रकार युद्धबहादुर बोहोरा प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन्।

सदरमुकाम फिदिममा मंगलबार प्रेस सेन्टर नेपाल, पाँचथरद्वारा आयोजित एक कार्यक्रमकाबीच पत्रकार बोहोरालाई नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटी अध्यक्ष हर्क बहादुर नेम्बाङ (मिक्सा) लगायतले प्रेस सेन्टर नेपालमा स्वागत गरेका थिए।

कार्यक्रममा पार्टीका प्रदेश कमिटी अध्यक्ष नेम्बाङसँगै सचिवालय सदस्य शंखध्वज नेम्बाङ, प्रदेश कमिटी सदस्य तथा फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिं नेम्बाङ, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य बिजयबोध लाओती लगायतको सहभागिता रहेको प्रेस सेन्टर नेपाल पाँचथरका अध्यक्ष सेसेहाङ लाओतीले बताए।

पाँचथर–इलाम सीमावर्ती घुर्बिसे पञ्चमी बजारमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका बोहोरा यसअघि प्रेस मञ्च नेपालमा आबद्ध थिए। उनी नयाँबुलन्द डटकम र पूर्वाञ्चल दैनिक लगायतका सञ्चारगृहमा आबद्ध छन्।