Advertisement Ad

संघर्ष समितिको प्रष्टोक्तिः याङवरकमा बम भेटिएको घटनामा समितिको संलग्नता छैन

Advertisement Ad

१ पुष २०८०, पाँचथर। जिल्लाको याङवरक गाउँपालिकामा आइतबार बिहान विष्फोटक पदार्थ फेला परेको घटनामा प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको कुनै संलग्नता नरहेको संघर्ष समितिले जनाएको छ।

संघर्ष समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै मंसिर ३० गते र पुष १ गते घोषित यातायात बन्दको क्रममा याङवरक क्षेत्रमा बम भेटिएको, स्वागत गेंट भत्काइएको र सडकमा रुखहरु ढाल्ने घटनामा संघर्ष समितिको संलग्नता नरहेको जनाएको छ।

‘आन्दोलनलाई कमजोर पार्ने कुत्सित सोचले योजनाबद्ध रुपमा पाँचथरको याङवरकमा विपक्षीले बम राखी आन्दोलनकारीलाई आरोप लगाएर फसाउन गरेको हर्कतप्रति घोर भत्र्सना गर्दछौं’ विज्ञप्तीमा भनिएको छ।

संघर्ष समितिले ‘कोशी’ प्रदेश नामाकरण गर्ने ८२ प्रदेश सांसद, पहिचानवादीलाई अपराधी र आतङ्ककारी करार गर्ने एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, संघीय सांसद योगेश भट्टराई र नेता महेश बस्नेतलाई कालो झण्डा देखाएर शान्तिपूर्ण बिरोध जनाउने मात्र आफूहरुको घोषित कार्यक्रम रहेको जनाएको छ।

प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति पाँचथरका संयोजक सुवाश तुम्बापो ‘काङ्सोरे’ द्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘कोशी’ नाम नसच्चिएसम्म आन्दोलन जारी रहने भन्दै शान्तिपूर्ण रुपले बिरोध जनाउन पाउँने अधिकारलाई कुण्ठित गर्दै विभिन्न स्थानबाट पक्राउ गरिएका सबै पहिचानवादी नेता तथा अभियन्ताहरुलाई बिनाशर्त रिहाइ गर्न पनि माग गरिएको छ।

संघर्ष समितिले जारी गरेको विज्ञप्तीः