Advertisement Ad

पछिल्लो पाँच महिनामा १२ करोडभन्दा बढीको कण्डम आयात

Advertisement Ad

९ पुस २०८०, काठमाडौ। भन्सार विभागका अनुसार चालु आर्थिक बर्ष २०८०÷८१ को ५ महिनामा नेपालमा १२ करोड २ लाख रुपैंयाँभन्दा बढीको कण्डम आयात भएको छ।

५ महिनाको अवधीमा १ करोड २४ लाख वटा कण्डम नेपाल भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। भारतबाट सबैभन्दा बढी १ करोड ८६ लाख ९२ हजार वटा र अन्य चीन, कोरिया र मलेसियाबाट नेपालमा कण्डम भित्रिएको हो।

भन्सार विभागको तथ्याङ्क अनुसार भारतबाट १० करोड ९४ लाख रुपैंयाँभन्दा बढीको, चीनबाट १२ लाख ४० हजार रुपैंयाँ बराबरको, कोरियाबाट ५२ लाख ४२ हजार रुपैंयाँ बराबरको र मलेसियाबाट ३३ लाख ४० हजार रुपैंयाँभन्दा बढीको कण्डम नेपाल भित्रिएको हो।

तथ्याङ्क अनुसार कण्डमको आयात बढेको छ। गत आर्थिक बर्ष २०७९÷८० मा ९ करोड २८ लाख ५८ हजार रुपैंयाँको कण्डम आयात भएकोमा चालु आर्थिक बर्षको ५ महिनाको अवधीमै १२ करोडबढीको कण्डम नेपाल भित्रिएको हो।