Advertisement Ad

सिसेक्पा तङ्नाममा फिदिममा याक्थुङ मौलिक चाड सम्बन्धि अन्तरक्रिया

Advertisement Ad

२ साउन २०८०, पाँचथर । सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) को अवसर पारेर फिदिममा याक्थुङ मौलिक चाड सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार फिदिम स्थित किरात याक्थुङ चुम्लुङहिममा सो कार्यक्रम किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति र पान्थरको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित पुर्व प्रदेश सभा सदस्य सीता थेबेले सिसेक्पा तङनाम लगायतका मौलिक चाडहरुलाई संरक्षण गर्दै लानुपर्ने बताइन । त्यस्तै कार्यक्रममा कियाचु केन्द्रिय उपाध्यक्ष चन्द्र कुमार आङ्देम्बे, केन्द्रिय सदस्य लक्ष्मण लावती, नेपाली काँग्रेस निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ, प्राज्ञ सदस्य दिलेन्द्र कुरुम्बाङ र हरिचन्द्र लावती लगायतले धारणा राखेका थिए ।

कार्यक्रम किरात चुम्लुङका प्रदेश अध्यक्ष मधुराज केरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।