Advertisement Ad

मनमायाले ७० बर्षमा नागरिकता पाइन्

Advertisement Ad

भिम चेम्जोङ १ साउन २०८०, पाँचथर । जिल्लाको फिदिम नगरपालिका–१०, याङनाम, आसमानेकी मनमाया (तामाङ) राईले ७० बर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन् ।

शारीरिक रुपले अशक्त मनमायालाई फिदिम–१०, का वडा अध्यक्ष होमराज थाम्सुहाङको पहलमा नेपाली नागरिता प्रदान गरिएको हो । १५ मंसिर २०१० मा जन्मेकी मनमायाले आइबार जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएकी हुन् ।

मनमायाको श्रीमान खड्ग बहादुर राईको पहिले नै मृत्यु भइसकेको हो । शारीरिक रुपमा समेत अशक्त उहाँको देब्रे हात चल्दैन । तर, नेपाली नागरिकता नहुँदा मनमायाले हालसम्म राज्यबाट पाउनुपर्ने कुनै पनि सेवा–सुबिधा पाउनबाट बञ्चित रहनु परेको थियो ।

ताप्लेजुङको पाथीभरा याङवरक माइती भएकी उनको आफ्नै माइती समेत छैनन् । मनमायालाई नागरिकता दिलाउनका लागि सम्पूर्ण कागजात मिलाउन करीब एक महिना लागेको वडा अध्यक्ष थाम्सुहाङले बताए ।

नागरिकता बनेसँगै अब मनमायाले समाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य भएकी छिन् । मनमायालाई मतदाता नामावली र राष्ट्रिय परिचयपत्र सँग पनि जोडिएको वडा अध्यक्ष थाम्सुहाङले बताए ।