Advertisement Ad

फालेलुङ गाउँपालिकाको धार्मिकस्थल शिवगङ्गामा भक्तजनको घुइँचो

Advertisement Ad

जी पी अधिकारी, पाँचथर । फालेलुङ गाउँपालिका वडा न.१ मा रहेको धार्मिक स्थल शिवगङ्गामा दर्शन तथा पुजा गर्न भक्तजनको घुइँचो लागेको छ ।


साउन महिना सुरु भए सगै सोमबारको वर्त बशि शिवको पुजा आरधनाका लागि  सो धार्मिक स्थानमा घुइँचो लागेको हो । शिवगङा धार्मिक स्थानमा चटान भित्र बाट आएकाे पानीले स्नान गरि शिवको पुजाआरधना गर्दा सबै पाप,राेग, ब्याधि हराउने तथा सन्तान नभएका लाई सन्तान प्राप्त हुने धार्मिक जन बिश्वास रहेकोे छ।

धार्मिक स्थानमा पाँचथरका हिलिहाङ ,याङ्वरक ,सगै विभिन्न स्थनबाट भक्तजन दर्शनका लागि आउने गरेका छन । यस्तै सो क्षेत्रबाट  पर्यटकीय क्षेत्र सिलौटि, फालाेट, सदरमुकाम फिदिम लगायत विभिन्न भु-भागहरुको दृश्य अवलोकन गर्न सकिन्छ ।

सो धार्मिक स्थानमा बर्ष भरी भक्तजन दर्शन गर्न आउने भएता पनि साउन महिनामा भने  शिव भगवानको पुजा आरधना गरिने भएको हुदा साउनको प्रत्येक सोमबार भने भक्तजनको आत्याधिक चाप हुने गरेकाे संरक्षण समिति अध्यक्ष घनश्याम सुबेदिले बताउनु भएको छ ।

उक्त धार्मिक स्थल पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा न. १ मा रहेको छ । मेची राजमार्गको जोरपोखरी बाट फालोट जाने माेटर बाटो बाट ६ कि.मि पुर्वमा यातायात बाट समेत पुग्न सकिन्छ।