Advertisement Ad

हङकङबाट भब्य प्रिमियर शो सुरु गरिएको चलचित्र ‘सुगुप’ अब काठमाडौं सहित पुर्वका विभिन्न सहरमा शो हुदै

Advertisement Ad

९ फागुन, २०८० काठमाडौं । हङकङबाट प्रदर्शनी सुरु गरिएको लिम्बु साँस्कृतिक नेपाली कथानक चलचित्र ‘सुगुप’ अब काठमाडौं, पुर्वका विभिन्न सहर हुँदै विभिन्न देशमा प्रदर्शन गर्न लागिएको निर्देशक लोकेन साँबाले बताए ।

हङकङको विभिन्न सहरमा भब्य शो सम्पन्न पश्चात अब विभिन्न मुलुकमा प्रदर्शनीको तयारी गरिएको निर्माण टिमले जनाएको छ। चलचित्र ‘सुगुप’ काठमाडौंमा फागुन १२ र १७ गते साथै धरानमा १९ र २५ गते प्रिमियर हुदै छ । त्यस्तै बराहक्षेत्र चक्रगत्तीमा १९ गते, पत्थरीमा २५ र २६ गते, इटहरीमा २८ गते, बिराटनगरमा २८ गते र दमकमा चैत ३ गते प्रदर्शन गर्न लागिएको कलाकार मौसम इम्बुङ्ले बताए ।
चोकफुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा रबिनकुमार नाल्बो द्वारा प्रस्तुत चलचित्र ‘सुगुप’ मा वरिष्ठ अभिनेता प्रेम सुब्बा, लिम्बू समुदायका चर्चित कलाकार मौसम ईम्बुङ लिम्बू (फुलेन्देको बाउ) र बबिता नेय‍ोङहाङको अभिनय मुख्य भुमिकामा रहेको छ। त्यस्तै यासेली योङहाङ, सुम्निमा खापुङ, डम्बरकुमारी पयाङगो, निता लिम्बू, पन्ना आङ्बो, योमन सोदेम्बा, तिर्थ मादेम्बा, सैलेन्द्र नाल्बो, रुकमान लिम्बू, मनकुमार योङहाङ, रबिनकुमार नाल्बो, उदय बेघा, युवराज ईस्बो, ईन्द्रा पंधाक र लिला सेलिङ माबोको पनि अभिनय देख्न सकिन्छ ।

हङकङका युवा ब्यावसायी , समाजसेबी तथा ग्रैण्ड मास्टर रबिन कुमार नाल्बो प्रमुख निर्माता रहेको ‘सुगुप’ मा दिलमाया लाबुङ नाल्बो र सैलेन्द्र कुमार नाल्बो निर्माता रहेका छन । त्यस्तै सह निर्माताका रूपमा एल पि साँवा, मनिसा नाल्बो, श्री प्रसाद माबो, राम प्रसाद पंधाक रहेका छन्।

युवराज राईको छाँयाङकन, बिपिन मल्लको सम्पादन, अशोक राईको संगीत, कमल राईको नृत्य, किसोर सम्बाहाङफेको द्वन्द निर्देशन रहेको चलचित्र ‘सुगुप’ लाई लोकेन साँबाले निर्देशन गरेका हुन । चलचित्र नेपाल र भारत दुबै देशको बिभिन्न ठाउ हरुमा छाँयाङकन गरिएको छ ।

लिम्बू समुदायको मुन्धुममा सुत्केरी महिलाको मृत्युुमा गरिने अन्तिम संस्कार लाई सुगुप भनिन्छ।