Advertisement Ad

इङनाम-इवाहाङ पापो थोबो सङजुम्भोको ३१ औं स्थापना दिवस मनाइयो

Advertisement Ad

९ फागुन, २०८० धनकुटा । इङनाम-इवाहाङ पापो थोबो सङजुम्भोको ३१ औं स्थापना दिवसमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

सोमबार नमस्ते झरना स्थित फेमिली होटेलमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो । कार्यक्रममा उपस्तिथित प्रमुख अतिथि जनता समाजबादी पार्टीका नेता लिलाराज लाओती , विशिष्ट अतिथि चेमजोङ सयङ्का केन्द्रिय सदस्य गुरु चेम्जोङ, युमा साम्यो केन्द्रिय उपाध्यक्ष गिता फालेछुवा ,संघिय लिम्बूवान प्रान्तीय मञ्च धरान महिला नगर अध्यक्ष नर्बदा लिम्बु इवाहाङ र भेडेटार आमा समुह अध्यक्ष राधिका फियाक इवाहाङ ले शुभकामना मन्तव्य राख्दै ३१ औं स्थापना दिवसको शुभकामना व्यक्त गरेका थिए ।

इङनाम-इवाहाङ संघिय कार्यसमिति माताहतका सबै देशबिदेशका समितिहरुको आयोजनामा आयोजित कार्यक्रम धनकुटा जिल्ला समिती अध्यक्ष दिलिप इवाहाङ्को संयोजकत्व साथै सङजुम्भो समिती अध्यक्ष मिक्तोक इवाहाङ्को अध्यक्षतामा सम्पन्न भएको थियो।