Advertisement Ad

गोमा योङ्हाङको आवाजमा पालाम ‘लाजेनु सिङ्बुङ’ सार्वजनिक (भिडियो सहित)

Advertisement Ad

१५ फागुन, २०८० काठमाडौं । गायिका गोमा योङ्हाङ्को आवाजमा रहेको पालाम ‘लाजेनु सिङ्बुङ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सोमबार ओपेरा डिजिटल नेपाल युटुव च्यानलमार्फत सार्वजनिक गरिएको पालाममा गिता नेम्वाङको शब्द, मन लिम्बुको सङ्गीत र गायिका योङ्हाङको आवाज रहेको छ । त्यस्तै मनि ताम्लिङको निर्देशनमा रहेको पालामको म्युजिक भिडियोमा गोमा योङ्हाङ लिम्बू, रजनी हाङसरुम्बा, कबिता योङहाङ, जेशिका योङहाङ, अमृता जबेगु, भिम चेम्जोङ, अमर तुम्बापो, उदय नेम्वाङ र धिरेन तुम्बापोको अभिनय देख्न सकिन्छ ।

पाँचथरको पर्यटकियस्थल ‘साधुटार’ परिसरमा छायांकन गरिएको पालामको म्युजिक भिडियो धिरेन तुम्बापोले छायांकन गरेका हुन । लिम्बू संस्कृतिमा मेलापातमा भेटघाट हुँदा पालाम गाउने परम्परा छ । अमलारी फ्लिम्सको प्रस्तुति ‘लाजेनु सिङ्बुङ’ पालाममा सोही कथा देखाउन खोजेको निर्देशक ताम्लिङ्ले बताए ।

भििडियो हेर्नुहोस।