Advertisement Ad

ट्राफिक चेकजाँच छलेर भाग्ने क्रममा एक जनाको मृत्यु

Advertisement Ad

४ साउन २०७०, झापा । ट्राफिक प्रहरीको चेकजाँच छलेर भाग्ने क्रममा अर्को सवारीसाधनसँग ठोक्किएर झापा कनकाई नपा–७, दुर्गापुरमा एक व्यक्तिको मृत्यु भएको छ ।

ट्राफिक चेकजाँच भइरहेको अवस्थामा भाग्दा अर्को सवारीसाधनसँग ठोक्किदा झापा गौरादहका ३० बर्षीय कुमार दर्जीको मृत्यु भएको हो । बिहीबार बिहान करीब सवा ७ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत कनकाई नपा–७, दुर्गापुरमा ट्राफिक प्रहरीले सवारी चेकजाँच गरिरहेको थियो ।

सोहि क्रममा प्र १–०१–०१६ प ५०९८ नं.को मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका दर्जी ट्राफिक चेकजाँच छलेर भाग्ने क्रममा बिपरित दिशाबाट आइरहेको प्र १–०१–००१ च ७३०७ नं.को पिकअप भ्यानसँग जुधेका थिए ।

दुर्घटनामा परी गम्भिर घाइते बनेका उनको उपचारको क्रममा केहि समयपछि मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि ट्राफिक प्रहरीले बिना सूचना बोर्ड चेकजाँच गर्दा दुर्घटना निम्तिएको भन्दै स्थानीयले करीब १ घन्टा सडक अवरुद्ध गरेका थिए ।