Advertisement Ad

फिदिम–७, की वडा सदस्य दुलालद्वारा प्रिन्सालाई सहयोग

Advertisement Ad

४ साउन २०८०, पाँचथर । फिदिम नगरपालिका–७, रानीटारका जननिर्वाचित महिला वडा सदस्य भीमाकुमारी दुलाल (बॉस्कोटा) ले अभिभावक विहिन बालिका प्रिन्सा माझीलाई आर्थिक सहयोग गरेकी छिन् ।

गत असार २ गते राती हेंवाखोलामा आएको बाढी पहिरोका कारण फिदिम नगरपालिक र हिलिहाङ गाउँपालिकाको सिमाना तमोर नदीस्थित माझीटारमा बोतल हाउस सञ्चालन गर्दै आएका उनका बाबु आशीष माझीलाई बाढीले बेपत्ता बनाएको छ । उनकी आमा एलिशा माझीको बाढीकै कारण मृत्यु भएको थियो ।

अभिभावक विहिन बनेकी प्रिन्सा माझीको शिक्षा–दिक्षा, लालनपालन र पढाइमा सहयोग पुगोस भन्ने उदेश्यले महिला वडा सदस्य दुलालले पाँच हजार रुपैंयाँ सहयोग गरेकी हुन् । आफ्नो जन्म दिनको अवसरमा वडा सदस्य दुलालले बालिका प्रिन्साको नाममा नेपाल एसविआई बैंक फिदिम शाखामा रहेको खातामा सो रकम जम्मा गरिदिएकी हुन् ।

फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेले अभिभावक विहिन बनेकी फ्रिन्सा माझीको लालन–पालन र शिक्षादिक्षाको सुनिश्चितताको लागी ५१ हजार रुपैंयाँ सहयोग गरेर खाता खोलिदिएर अभियान सुरु गरेका थिए । वडा सदस्य दुलालले यस बर्षदेखि आफू वडा सदस्य पदमा रहेसम्म हरेक बर्ष आफ्नो जन्मदिनमा यस प्रकृतिको सहयोग गर्ने बताइन् ।

त्यस्तै फिदिम नगरपालिका–७, का जननिर्वाचित वडा सदस्य एवं जागरण फाउन्डेसनका अध्यक्ष प्रदिप बॉस्कोटाले पनि प्रिन्सालाई पाँच हजार रुपैंयाँ सहयोग गरेका छन् ।