– प्रकाश लोहार
साथ छुटेपछि माया, आँशु बनि झरिरह्यो,
यादहरुलाई थुन्न सकिंन, आँखाबाट बगिरह्यो ।
सधैं पोलिरहन्छ तिम्रै यादहरुले यो कलेजीमा,
तिम्रो माया मार्न सकिंन, मुटु दीप बनी जलिरह्यो ।
आउँछौ भनि पर्खिरहन्थें, एक्लै जुनेली रातमा,
फर्कि आएनौ आसाको दियो मात्र बलिरह्यो ।
जिन्दगीमा न त तिम्रो बनें, न त तिमी मेरो बन्यौ,
तिम्रो मायो दाग बनेर, सधैं–सधैं बल्झिरह्यो ।
पाँचथर
