Advertisement Ad

पाँचथर जीप दुर्घटना : एकको मृत्यु, ६ जना रेफर

Advertisement Ad

९ साउन २०८०, पाँचथर । मेची राजमार्ग अन्तर्गत फिदिम–२, दुम्ब्रिबोटेमा मंगलबार दिउँसो भएको जीप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

घटनास्थलबाट उद्धार गरी पाँचथर अस्पताल पुर्याइएका उनको उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा ३५ बर्षका जस्ता देखिने पूरुष रहेका छन् । उनको पहिचान खुल्न बाँकि रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका १३ जनामध्ये गम्भिर अवस्थाका ६ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । रेफर गरिएकामा बल्खु काठमाण्डौकी २० बर्षीया मिना लिम्बू, फिदिम–१०, पाँचथरकी ४० बर्षीया सबिना विक, फाल्गुनन्द–३, का ३५ बर्षीय राम नेम्बा?, मिक्वाखोला–५, ताप्लेजुङकी २६ बर्षीया केसिपिमा शेर्पा, पलाँता गाउँपालिका कालिकोटका २३ बर्षीय सुमन खड्का र जीपका चालक दानाबारी इलामका २६ बर्षीय अर्जुन विकलाई थप उपचारका लागि रेफर गरिएको हो ।

अन्य घाइतेहरु पाथीभरा याङवरक–१, ताप्लेजुङका २३ बर्षीय बुद्धहाङ लिम्बू, हिलिहाङ–१, पाँचथरका २५ बर्षीय रोशन श्रेष्ठ, सोही स्थानका २३ बर्षीय भुपेन्द्र श्रेष्ठ, सिरिजंगा–३, ताप्लेजुङका ३० बर्षीय सरोज मादेन, फक्ताङलुङ–३, ताप्लेजुङका २४ बर्षीय अजय लिम्बू, देउमाई नगरपालिका इलामकी १४ बर्षीया निरुता रम्तेल, कालिकोटका २२ बर्षीय सुमन खड्का र फिदिम–१०, पाँचथरकी ५ बर्षीया पुस्तिका विकको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

झापाको बिर्तामोडबाट ताप्लेजुङतर्फ जाँदै गरेको मे १ ज १९४१ नं.को जीप फिदिम–२, दुम्ब्रिबोटेमा अनियन्त्रित भई सडकदेखि करीब दुई सय मिटर तल खसेको थियो ।