Advertisement Ad

अनेरास्ववियू (क्रान्तिकारी) पाँचथरको आयोजनामा वृक्षरोपण

Advertisement Ad

१० साउन २०८०, पाँचथर । अनेरास्ववियू (क्रान्तिकारी) पाँचथरको आयोजनामा बुधबार फिदिम-४, स्थित पात्ले महिला सामुदायिक वनमा वृक्षरोपण गरिएको छ।

पर्यावरण संरक्षणको निम्ति अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय कमिटीको एक लाख बिरुवा रोप्ने अभियानलाई सफल बनाउन पाँचथरमा वृक्षरोपणको आयोजना गरिएको अनेरास्ववियू (क्रान्तिकारी) पाँचथर अध्यक्ष सन्दिप तुम्रोकले बताए । वृक्षरोपणमा करिब १ हजार बिरुवा रोपिएको छ।

वृक्षरोपणमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सन्दस्य तथा पाँचथर इन्चार्ज सीता थेबे, जिल्ला संयोजक विशाल रसाइली, पार्टीका फिदिम नगर अध्यक्ष देवी थापा, वाइसिएल जिल्ला अध्यक्ष गणेश तुम्रोक लगायतको उपस्थिति रहेको थियो।